बिरेन्द्र बजार, माघ २१ गते । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा बुधबार तामाङ समुदायको साँस्कृतिक चार्ड सोनाम ल्होछार मनाउन खर्च बितरण गरिएको छ ।
नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ नम्बर वडा समितीले ल्होछार मान्न आफ्ना सदस्यहरुलाई खर्च बितरण गरेको हो ।
नेपाल तामाङ घेदुङ अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ नम्बर वडा समितीका अध्यक्ष भक्त बहादुर लो तामाङको अध्यक्षता तथा नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका बिच घेदुङमा आबद्ध घर परिवारलाई ल्होछार खर्च बितरण गरिएको थियो ।
त्रिरत्न गुम्बामा आयोजित ल्होछार खर्च बितरण कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष तामाङले प्रत्येक परिवारलाई २४ हजार ५ सय सम्म प्रदान गरे । कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले ल्होछार खर्च बितरण गरेर सँस्कृतिक जेगर्नामा योगदान दिएको भन्दै तामाङ घेदुङको प्रशंसा गरे । राज्यको बिभेदकारि नितिका कारण लोप हुन लागेको चाडपर्वलाई उजागर गर्न घेदुङले सारेको खर्च बितरण योजनाले ठूलो टेवा पुगेको उनको भनाई थियो ।
तपाईंहरुले ल्होछार आउने बेलामा सारेको खर्च दिने योजना सबैका लागि उदाहरर्णिय छ, अध्यक्ष तामाङले भने, खर्च अभावले चाडबाड मनाउन कसैलाई समास्या भएन । अध्यक्ष तामाङले खर्च बितरणले ल्होछार मान्न तामाङ समुदायलाई प्रोत्साहन मिलेको बताए । तामाङले खर्च पाएपछि बिपन्न परिवारलाई समेत चाडबाड मान्न सहज हुने भएकोले योजनालाई निरन्तरता दिन आग्रह गरे । चाडबाडमा मादक पदार्थको प्रयोगले बिकृती बढ्ने सम्भावना बढी भएकोले न्युनिकरण गर्नुपर्नेमा उनले जोड दिए ।
ल्होछार खर्च बितरण कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रिय सदस्य खडग बहादुर तामाङ, जिल्ला समवन्य समितीका सचिब सूर्यमान तामाङ, सदस्य संजिमाया तामाङ, अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष सन्जमान तामाङ, नेपाल तामाङ महिला घेदुङ सप्तरीका पुर्व अध्यक्ष कामु तामाङ लगायतका तामाङ अगुवा बुद्धिजीवीहरुको उपस्थित रहेको थियो।
तामाङ समुदायको साँस्कृतिक चार्ड २८५७ लाङ ल्हो सोनाम ल्होछार २०७७, माघ ३० गते परेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । तामाङ समुदायले ल्होछारमा तामाङ सम्बत फेरिने हुदा नयाँ बर्षको रुपमा समेत मनाउने गरेका छ्न । ल्होछारमा टाढा गएकाहरु घर आउने, चेलीबेटीहरु माईता ममला जाने आउने मान्यजनहरु हातबाट टीका थाप्ने, खादा लगाउने, एकाअर्का बीच शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ ।
ल्होछार आउनु भन्दा एकहप्ता अगाडी देखि घर सिंगार्ने, गुम्बा बाटोघाटो लगायतका सार्वजनिक स्थलहरुमा सरसफाइ गरि शान्तिको झण्डा फहराउने, ल्होछारको एक दिन अगाडि साँझमा बितेको सम्बतलाई बिदा गरि नयाँ सम्बतको स्वागतमा आ( आफ्नो घरमा दिपाबली गर्ने चलन तामाङ समुदायमा रहेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment