डम्बर राई /
कञ्चनरुप सप्तरी, माघ २८ गते । मुस्लिम आयोग जावलाखेल ललितपुरले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ स्थित वलुवा घोघनपुरमा एक कार्यक्रम बीच दुई सय एकल महिलालाई सारी, सल र एक सय ५७ जना छात्र छात्रालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । बुधवार मुस्लिम आयोगका अध्यक्ष माननिय मो.समिम र नेकपाका स्थायी सदस्य, प्रदेश नं. २ का ईन्चार्ज तथा विपक्षदलका नेता माननिय सत्य नारायण मण्डलले सो राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
घोघनपुर—२ का नेपाल सरकारद्वारा मान्यता प्राप्त श्री जामिया इस्लामिया सामुदायिक विद्यालयका वाल कक्षा देखि कक्षा ५ सम्मका छात्र छात्रालाई डट,कपी, ब्याग र औजारबक्स हस्तान्तरण गरिएको हो । २०४७ सालमा स्थापना भएको यस मदरसा आर्थिक वर्ष २०६४÷०६५ मा कक्षा १ नेपाल सरकार शिक्षा कार्यालय सप्तरीमा दर्ता भएको थियो भने ०६८÷०६९ मा क्रमशः सबै कक्षाको अनुमति भएको व्यवस्थापन समितिका पूर्व अध्यक्ष मो सलिमले जानकारी दिनुभयो । यस विद्यालयमा विपन्न मुस्लिम समुदायका वालवालिकालाई नेपाल सरकारले लागु गरेका पाठ्यक्रम र ऐच्छिक विषयमा उर्दु पठनपाठन गराइदै आएका छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148931896_2841395926113408_1687784985638267814_o-1024x512.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148931896_2841395926113408_1687784985638267814_o-1024x512.png)
मुस्लिम समुदायका हक हितका संरक्षण, सम्वर्धन तथा शसक्तिकरण विषयक जनचेतनामुलक उक्त कार्यक्रममा माननिय सत्य नारायण मण्डलले नेपालको चार लाख ६५ हजार मुस्लिम समुदाय अहिले पनि राज्यको प्रमुख तहमा पुग्न नसकेको बताउनु भयो । शिक्षा क्षेत्रमा त झनै यी समुदायको वालबच्चाको अवस्था न्युन रहेको आँकडालाई व्यक्त गर्नुहुदै उहाँले भन्नुभयो— मुस्लिम बालबच्चालाई शिक्षामा सामेल गराउँन सरकारको भुमिकाले मात्र पुग्दैन यसमा समाजको पनि उत्तरदायित्व हुनुपर्दछ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148495936_1124857877961829_2436384494366575159_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148495936_1124857877961829_2436384494366575159_n.png)
नेपाल सरकार औपचारिक शिक्षालाई मदरसामा पनि लागु गरि अझ बैज्ञानिक शिक्षा तर्थ अब उन्मुख बन्न र बनाउँन कदम चाल्नु पर्छ अनि मात्र शिक्षाबाट आत्मनिर्भर हुनसकिन्छ । हाम्रो देशमा विभिन्न आयोगहरु गठन भइसकेको छ र आयोगले आ आफ्ना क्षेत्रका काम अविलम्व गर्नेछन् र सेवा सुविधा पुर्याउँने छन् यसमा तपाईहरु ढुक्क हुनुस् नेता मण्डलले भन्नुभयो । गरिव, सुकुम्वासीको हक, हितका लागि मुस्लिम आयोग जस्तै भूमी आयोगको समिति एक हप्ता अगाडी मात्र सरकारले गठन गरिसकेको जानकारी दिदै उहाँले अब देशका एक सय २४ जातीमा भएका सुकुम्वासी कोहि सुकुम्वासी नरहने सरकारको लक्ष्यलाई पस्कनुभयो ।
प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्वोधन गर्नुहुदै हलुका राजनीतिक प्रसंग मोडेर भन्नुभयो—दुई तिहाई बहुमतको सरकारलाई कार्यकाल अवधिसम्म पनि चल्न दिइएन । आफ्ना स्वार्थसिद्घ गर्न सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले नदिइएपछि भाँडभैलो उठाएर यत्तिबेला असान्दर्भिक अमर्यादित कार्यहरु प्रचण्ड र माधव समूहले गरिरहेको छ यसले देश र जनताको हितका यावत कामहरुलाई बाधा पुर्याएको वहाँले बताउँनु भयो ।
यसैगरि आयोजक आयोगका अध्यक्ष माननिय मो. समिमले मुस्लिम आयोगको काम मदरसा लगायत भवन निर्माण गर्ने नभई मुस्लिम समुदायको हक, हित, उत्थान, विकास र समृद्घिका लागि गठन भएको बताउँनु भयो । आयोग गठनका लागि आफू धेरै पहिला देखि नै चिन्तित बन्दै आएको थिएँ र त्यसै अनुरुप यो आयोग संवैधानिक कानुनमा आयो र अहिले आफूले यसको नेतृत्व गरिरहेको अवस्थामा पहिलो स्थान शिक्षामा दिने उहाँको भनाई थियो । जुनसुकै विद्यालयमा पढेपनि हुन्छ तर शिक्षाचाहि अनिवार्य हुनैपर्छ । वर्तमान सरकारले पछाडि परेका वा पारिएका समुदायलाई कसरी माथि उकास्न सकिन्छ भनेर शिक्षालाई प्राथमिकताको रुपमा राखेर शिक्षा सम्बन्धित कामहरु गर्दै आएको उहाँको टिप्पणी थियो । सरकारले मुस्लिम समुदायको शिक्षालाई मर्यादित र योग्य बनाउँन मदरसाको पठनपाठनलाई पनि सरकारी मान्यता हुने माननिय अध्यक्षले जानकारी दिनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148843922_247575726860291_1174587985876963879_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148843922_247575726860291_1174587985876963879_n.png)
आयोगकी सचिव सुनिता नेपालले प्रदेश नं. २ मा मुस्लिमको संख्या उल्लेख्य रहेको भएपनि यहाँका मुस्लिम समुदाय बढि विपन्न रहेको बताउँनु भयो । उहाँले आयोगको काम कर्तव्यबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रमको प्रस्तुती गर्नुहुदै अन्जु झाले नेपालमा ४.४ प्रतिशतमा रहेको मुस्लिम समुदायको राज्यको प्रमुख निकाय वा स्थरमा खासै स्थान रहेको नपाइएको बताउँनु भयो । यो राज्यबाटै अपहेलित भएको र अब यी समुदायलाई पनि संरक्षण र सम्बर्धन गर्दै पहुँचमा आधारित कार्यमा समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा प्रदेश नं. २ का सदस्य मो. कलिमले कार्यक्रमलाई स्वागत मन्तव्य र संचालन मो. जैनुदिन अलीले गरेका थिए । सो कार्यक्रममा माननियद्वय सदस्य मो. महमदिन अली, मिर्जा अर्सद वेग, उपसचिव अनिल खनाल लगायत आयोगका कर्मचारीहरु, कञ्चनरुप नपाका प्रेस सल्लाहकार उत्तम आचार्य, कञ्चन सञ्चार समूहका अध्यक्ष डम्बर राई, सञ्चारकर्मी राज कुमार साहका आथित्य संगै विभिन्न दलका प्रतिनिधि, युवा महिलाका बाक्लो सहभागिता रहेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148252885_2667210720255960_5797649624120292624_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148252885_2667210720255960_5797649624120292624_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148862145_2841395959446738_1532650358802061749_o-1024x512.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/148862145_2841395959446738_1532650358802061749_o-1024x512.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment