शिक्षा

हामी फेल भयौं भने, सिस्टम फेल हुन्छ :ईकाई प्रमुख खत्री

सुधा देव /
राजविराज , ११ फागुन २०७७ ।
प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम अन्तर्गत सप्तरी जिल्लाको दुई विद्यालयमा मंगलबार संयुक्त अनुगमन गरिएको छ।
जिल्लाको खडक नगरपालिकाका जनता आधारभूत विद्यालय र श्री आधारभूत विद्यालयको अनुगमन गरिएको छ।
पठनशिप वृद्धिका लागि नेपाल सरकारले सप्तरीका विद्यालयहरूमा १ देखि ३ कक्षा सम्मका विद्यार्थीहरूका लागि दोस्रो चरणमा प्रारम्भिक पढाइ कार्यक्रम संचालन गरेको हो।
अनुगमनको क्रममा विद्यालयहरूको अन्य पाटो सन्तोषजनक रहेपनि पठन सीप त्यति सन्तोषजनक नपाएपछि जिल्ला शिक्षा समन्वय ईकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीले विद्यार्थीको भविष्यमाथि कसैले खेलबाड गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो नेपाल सरकारले विद्यार्थीको पठन शिपका लागि यति गर्दा पनि विद्यार्थीले सिक्न सकेन भने हामी फेल भएको मान्नुपर्छ हामी फेल भयौं भने सिस्टम फेल हुन्छ ।
कक्षा अनुसार आधारभूत सिकाई हुनैपर्छ । हामीले कहिल्यै बिर्सनु हुदैन विद्यार्थी छ र शिक्षा मन्त्री देखि हामी लगायत कार्यालय सहायक सम्म छौं खत्रीले भन्नुभयो।

प्रारम्भिक पढाइ कार्यक्रमका सप्तरी संयोजक श्रीलाल सरदारले पठन सीप वृद्धिका लागि शिक्षकसंगै अभिभावक ,विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समय समयमा पहल गर्नु पर्ने बताउनुभयो।
कार्यक्रम अधिकृत पवन दासले प्रारम्भिक पढाइ कार्यक्रमको उद्देश्य प्राप्तिका लागि पठन शिपमा अझ वृद्धि हुन सकेमात्र माथिल्लो कक्षाका लागि विद्यार्थीहरू योग्य हुने बताउनुभयो।
पठनशिप वृद्धिदरका लागि पाठ्य सामाग्री तथा सन्दर्भ सामाग्री प्रयाप्त मात्रामा प्रयोगमा ल्याउन,भित्ता लेखनको सामाग्री विद्यार्थीले जान्नै पर्ने भएकोले विद्यार्थीलाई अभ्यास गराउन, एकीकृत पाठ्यक्रमको तालिम लिएर आएका शिक्षक शिक्षिकाले विद्यालयका शिक्षक शिक्षिकासँग सो विषयमा अन्तरक्रिया गर्न ,विद्यार्थीको नियमित उपस्थितिका लागि पहल गर्नु पर्ने ,सदनात्मक रूपमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन लगायत विषयहरूमा विद्यालयहरूका प्रअ तथा शिक्षकलाई अनुगमनमा सहभागीहरू सरोकारवालाहरूले सुझाब दिनुभएको थियो।
शिक्षा ईकाईका शाखा अधिकृत भवानी प्रसाद कटेल, खडक नगरपालिका शिक्षा अधिकृत भगवती चौधरी ,नेपाल शिक्षक महासंघका सह अध्यक्ष सुरेशकुमार यादव, नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुधा देव, प्रा.स विरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page