समाज

डाक्नेश्वरीमा नगर स्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न

महेन्द्र सदा /
पातो सप्तरी ।
सुरक्षित सिकाइको मूल आधार बाल संरक्षण हामी सबैको सरोकार भन्ने मूल नाराका साँथ सुरक्षित सिकाइ कार्यक्रम तथा बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनिकरण बारे नगरपालिका स्तरीय वक्तृत्वकला , चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
विश्व शिक्षाको आर्थिक सहयोग तथा आसमान नेपालको आयोजना तथा डाक्नेश्वरी नगरपालिकाको समन्वयमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ सप्तरीको क्षेत्र नं. ३ का सांसद चन्द्रकान्त चौधरीको प्रमुख आतिथ्य एवम् श्री कन्त चन्द्र माध्यमिक विद्यालय पातोका प्रधानाध्यापक योगेन्द्रप्रसाद महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा सांसद चौधरीले यस क्षेत्रको शिक्षामा सबैले सक्रिय भएर सकारात्मक सोचविचारले कार्य गरेमा गुणस्तरीय शिक्षा र समावेसी हुने बताए ।
उक्त प्रतियोगितामा नगरपालिका भित्र रहेका ११ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले विभिन्न विधाहरुमा आआफ्नो प्रस्तुति दिएका थिए ।

वक्तृत्वकला तर्फ प्रथम नितु मण्डल मावि ब्रह्मपुर , द्वितिय सुलोचना कुमारी साह मावि पातो , तृतीय सुशिल कुमार साह मावि तरही र सान्तवना मावि कटैयाकी आरति कुमारी पण्डित भएकी थिइन् । त्यसैगरी चित्रकला तर्फ प्रथम चिन्तामणी प्रमाणी मावि हरिराहा , द्वितिय दिपक कुमार मण्डल मावि पातो , तृतिय कृष्णानन्द साह लक्ष्मी बोर्डिङ्ग पातो र सान्तवना मावि पातोका अमृत पंडित भएका थिए ।

विभिन्न विधामा विजयी भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि चौधरीले पुरस्कार समेत प्रदान गरेका थिए ।
आसमान नेपालका शिक्षा अधिकृत अमित दहिद एवम् सामाजिक परिचालक प्रमोद यादव , विभिन्न विद्यालयका शिक्षकहरु , अभिभावकहरुको सहभागिता रहेको थियो । पातो माविका शिक्षक पुलकित मुखियाले स्वागत मन्तव्य राखेका थिए भने मावि पातोका शिक्षक दशरथ कर्णले कार्यक्रम संचालन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page