डम्बर राई /
कञ्चनरुप सप्तरी , फागुन १५ गते । पूर्व प्रहरी र वर्तमान प्रहरी बीच एकता , समाजमा अपराध, अनुसंधान , नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न, पूर्व प्रहरी एवं परिवारका हक हित र बिकास, राष्ट्र,समाज तथा नागरिक सुरक्षा लगायतका उद्घेश्य लिइएर पूर्व प्रहरीहरु संगठित भएका छन् ।
२०४७ सालदेखि नै विधिवत रुपमा संगठित हुदै आएको नेपाल पूर्व प्रहरी संगठनले शनिवार सप्तरीको कञ्चनरुप नगरपालिकामा भेलाको आयोजना गरि पूर्व प्रहरी नायव निरिक्षक जित बहादुर श्रेष्ठको अध्यक्षतामा नौ सदस्य समिति गठन गरेकाछन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/IMG_20210227_123919-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/IMG_20210227_123919-1024x473.jpg)
समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमश पूर्व नायव निरिक्षकद्वय पदम राणा, अमर श्रेष्ठ र पूर्व सप्रनि दयालक्ष्मी श्रेष्ठ छन् । यसैगरि सदस्यहरुमा मोहन पोखरेल, राजेन्द्र बस्नेत, बिन्द्र राई, होम बहादुर कार्की र बिक्रम बस्नेत रहेका छन् ।
सल्लाहकार समितिमा बम बहादुर श्रेष्ठ, कौशल श्रेष्ठ, मिन बहादुर कार्की, नेत्र प्रसाद भण्डारी, रमेश कुमार दाहाल छन् भने यस संगठनको संस्थापकमा पूर्व डिआइजी प्रेम लाल श्रेष्ठ चयन भएका छन् ।
नेपाल पूर्व प्रहरी संगठन सप्तरीका कावा अध्यक्ष शीव नारायण सिंहले भेलाकोे आसनबाट कार्यरत प्रहरी र पूर्व प्रहरीको काम कर्तव्यमा कुनै फरक नरहेको बताए । हिजो पनि हामीहरुले समाज, तथा नागरिक र देशका लागि जुन जिम्मेवारी निर्वाह गरेर आयौं आज पनि हामीले आ—आफ्ना क्षेत्रमा बसेर त्यहि भुमिका निर्वाह गर्दै आएको उनको भनाई थियो ।
पूर्व प्रहरी संगठित भएर अबका दिनहरुबाट राष्ट्र, समाज एवं नागरिकका हक हित र विकासका लागि संस्थागत रुपमै काम गर्ने सहभागी पूर्व प्रहरीहरुले प्रतिवद्घता जनाएका छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/149780031_213062083902217_1961882909080175514_n-1024x473.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/02/149780031_213062083902217_1961882909080175514_n-1024x473.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment