सप्तरी , २१ फागुन । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ ।
सप्तरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पाटी नेत्रविक्रम चन्र्द (विप्लव समूह) का तीन जना कार्यकर्तालाई रिहाइ गरिएको छ।
सप्तरी प्रहरीको हिरासतमा रहेका तीन जना विप्लव समुहका कार्यकर्तालाई अदालतबाट प्रकृया पुर्याई शुक्रवार रिहाई गरिएको सप्तरीका एसपि राजेन्द्र धमलाले जानकारी दिनुभयो।
मुदाको प्रक्रियागत काम सरकारी वकिल कार्यलयले सकेर उनीहरूलाई अदालतले रिहाई गरेको हो।
सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो ।
सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment