समाचार

सप्तरी महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा अनीता देवकोटा

राजविराज, २२ फागुन २०७७ । महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा सप्तरीले आज शनिबार राजविराजमा प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
सञ्जालको सम्पन्न अधिवेशनबाट एकल महिला समूहकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा पत्रकार सुधा देव, सचिवमा एकल महिला समूहकी माधवी शाह, सहसचिवमा अधिवक्ता मनु खनाल र कोषाध्यक्षमा सप्तरी सामुदायिक सेवा केन्द्रकी ललीता कर्ण निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा मालती चौधरी, ज्ञानु भट्टराई, बबीता देव, सुष्मा गुप्ता, राजकुमारी साह, पुनम पोखरेल, सुनैरवती यादव, गीता पाण्डे, साधना कर्ण, बेबी गुप्ता, कमला खनाल, प्रियासिंह चौधरी रहनुभएको छ ।
यस्तै समितिको सल्लाहकारहरूमा महिला शिक्षक मञ्जु श्रेष्ठ, इन्सेक प्रतिनिधी मनोहर पोखरेल र दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झा रहनुभएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथी मञ्जु श्रेष्ठ, अतिथीहरू मनोहर पोखरेल र करुणा झाले महिलाका अवस्थाका बारेमा बोल्दै महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो । वक्ताहरूले महिला माथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै, मानवअधिकार, सामाजिक न्याय, महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका लागि सञ्जालले काम गर्नुपर्ने बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको नवनिर्वाचित अध्यक्ष देवकोटाले सप्तरीको स्थानीय तह, प्रहरी, प्रशासन, न्यायालय, नागरिक समाज र मानवअधिकारकर्मीहरूसँग समन्वय गरी महिला तथा मानव अधिकार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
महिलाको कामको पहिचान, मान्यता र सम्मानको वातावरण तयार गर्न इस्वी सम्वत २००७ डिसेम्वर १ मा केन्द्रीय सञ्जाल गठन गरी सञ्जालले महिला अधिकार प्राप्तीका लागि देशैभरी काम गरिरहेको छ ।
सञ्जालले जिल्लामा विभिन्न महिला हिंसा न्युनिकरण सम्वन्धी सक्रिय रुपमा अभियान सञ्चालन गर्दै आईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page