स्वास्थ्य

सप्तरीमा दुई चरण गरी आजबाट ३१ हजार ४४२ जना जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदै

सप्तरी, २३ फागुन । सप्तरीमा दुई चरण गरी आजबाट जेष्ठ नागरिकहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदै छ ।
जिल्लाको १८ वटै स्थानिय तहमा रहेका ६५ वर्ष भन्दा माथिका ३१ हजार ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने कार्य सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
पहिलो चरणमा फागुन २३ र २४ गते गरी दुई दिन छिन्नमस्ता गाँउपालिका, राजगढ गाँउपालिका, बलान विहुल गाँउपालिका, विष्णुपुर गाँउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेवरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिकाका जेष्ठ नागरिकहरुलाई खोप लगाइने छ ।
त्यसैगरी दोस्रो चरणमा फागुन २८ र २९ गते कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिका, हुनमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, अग्नीसाइर कृष्णासवरन गाँउपालिका, महदेवा गाँउपालिका, तिरहुत गाँउपालिका, तिलाठी कोइलाडी गाँउपालिकामा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले बताउनुभयो ।
खोप लगाएपछि केही व्यक्तिमा सामान्य ज्वरो आउने, टाउँको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या आउने जस्ता समस्या आउन सक्ने भएकाले त्यसबाट नडराउन समेत यादवले आग्रह गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page