धनकुटा, फागुन २४ गते । धनकुटामा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
सहिदभुमी गाउँपालिका ७ चाम्चाकी ५० वर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment