डम्बर राई -उत्तम आचार्य /
कञ्चनरुप सप्तरी , २६ फगुन । सप्तरीको कञ्चनरुपमा छुट्टाछुट्टै दुई ठाउँमा प्रदेश नं. २ का माननिय समाजिक विकास मन्त्री नवल किशोर साहले सिलान्यास र भवन उद्घाटन गर्नुभएको छ ।
मन्त्री साहले जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित बस्तीपुरको राजाजी मन्दीर र पञ्चकन्या मन्दीर परिसरमा सामुदायिक भवनको सिलान्यास र राजाजी मन्दीर परिसरमा निर्माण भएको जेष्ठ नागरीक भवनको उद्घाटन गर्नुभएको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158257090_439391647389838_7886929891648439226_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158257090_439391647389838_7886929891648439226_n.png)
नेपाल सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक इकाई कार्यालय राजविराजबाट प्राप्त अनुदान रु १० लाख, ६५ हजार चार सय ५८ रुपैयाँ र पैसठ्ठी पैसामा कन्टेन्जेन्सी कटाएर कुल १० लाखको लागतमा राजाजी मन्दीर निर्माण हुने र सामाजिक विकास इकाई कार्यक्रम अन्तर्गत कुल २० लाखको लागतमा पञ्चकन्या सामुदायिक भवन निर्माण हुने सो समारोहमा सार्वजनिक भएको छ ।
यस्तै जेष्ठ नागरीक भवन भने नगरपालिकाद्वारा प्राप्त पाँच लाख बरावरको अनुदानमा निर्माण भएको आयोजक समितिले जनाएको छ । राजाजी मन्दीरको सिलान्यास र जेष्ठ नागरिक भवन उद्घाटन पश्चात पञ्चकन्या विकास प्रतिष्ठानको सामुदायिक भवन सिलान्यास भएको हो ।
सो अवसरमा मन्त्री साहले आफूले कुनै पनि लोभलालचा नगरी समाज विकासका कामहरु गर्दै आएको बताउनुभएको छ । अब ७६ बर्षको बृद्घ भइसके यस उमेरमा मैले नामका लागि राम्रा कामहरु गरेर समाजमा कृतिहरु छाड्नु छ तसर्थ पनि मेरो जिम्मेवारी होस वा नहोस समाज विकासका कार्यमा जुटिरहन्छु मन्त्री साहको भनाई थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159619126_950761742398708n-1.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159619126_950761742398708n-1.png)
अन्य ठाउँको तुलनामा यस ठाउँमा काम गर्दा कुनै प्रकारको विवाद तथा झुठ झमेला नहुने बताउँदै उहाँले भन्नुभयो, यस अघि पनि पञ्चकन्यामा आयोजित महायज्ञमा आफू आएको र अहिले पनि आउने अवसर मिलेकोमा हर्षित छु । सवास्थ्यलाई प्राथमिकतामा राखेर भारदहमा अस्पताल निर्माण हुदै गरेको र धरान, काठमाडौको जस्तै स्वास्थ्य विज्ञान प्रतिस्थान निर्माण योजनालाई अघि बढाई सकेको छु यो जनकपुरमा निर्माण हुनेछ उहाँले जानकारी गराउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158691824_1618163885060588_1804339559399971620_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158691824_1618163885060588_1804339559399971620_n.png)
यसैगरी कञ्चनरुपका नगर प्रमुख बसन्त कुमार मिश्रले यस भेगको भौगोलिक तथा समाजिक विशेषतालाई कदर गर्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको स्थानमा राखेर विकास गर्ने बताउनुभयो । उहाँले सामाजिक सद्भाव मिल्दोजुल्दो भएको ठाउँमा विकासिय कामहरु चाँडो र दिगो खाले हुने गरेको बताउँदै भन्नुभयो, यहाँका समाजहरु आफ्ना गाउँठाउँको विकास कार्यमा एकजुट भएर लाग्दछ, एक अर्कामा खुट्टा तानातान गर्दैनन् र यस्ता ठाउँमा योजना दिन मनपनि लाग्दछ ।
त्यस्तै नगर उपप्रमुख निरु पोखरेलले यो ठाउँ भविष्यमा कञ्चनरुपको नमुना बन्ने संकेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले जुन रुपमा तपाईहरुको जोंस र जाँगर अनी सामाजिक एकता छ यहि रुपमा जुट्नुस् नगरपालिका सधैं साथमा रहने छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159150962_2855853528020884_1500476218427645254_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159150962_2855853528020884_1500476218427645254_n.png)
कार्यक्रममा सामाजिक विकास इकाई अधिकृत दुनियालाल यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यहरु अमरेन्द्र झा, कल्पना चौधरी, राज कुमार यादव, दलित विकास समिति सदस्य श्याम सरदार, जिल्ला संयोजक रामेश्वर यादव लगायत जसपाका र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
समाजसेवी चेतनाथ खतिवडाले संचालन गर्नुभएको सो औपचारिक कार्यक्रममा स्थानिय समाजसेवी बच्चुराज खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो । वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158619434_263696905373635_3171360992713827806_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158619434_263696905373635_3171360992713827806_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/157540732_473853780718091_9113509678631330185_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/157540732_473853780718091_9113509678631330185_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment