सप्तरी , २९ फागुन । सप्तरीको राजविराजमा आजबाट प्रथम देवसुन्दर यादव स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता सुरु भएको छ ।
सो प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेलाडीहरुको संरक्षण संवद्र्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताउनुभयो । खेलाडी प्रदेशको मात्रै नभई देशकै गहना भएकाले प्रदेशभरिका खेलाडीहरुको संरक्षण संवद्र्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको साहले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159822828_235961684925696_2585564780475330522_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159822828_235961684925696_2585564780475330522_n.jpg)
प्रतियोगिताको सफलताको शुभकामना दिँदै नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले मुलुकका लागि सर्वाधिक पदक ल्याउने खेल मध्येका एक भारोत्तोलन खेल राज्यको उदासिनताका कारण छाँयामा परेको भन्दै यसतर्फ राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आयोजक भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश कुमार यादवले सप्तरी भारोत्तोलन खेलको उर्वभरभूमी समेत भएको बताउँदै यस प्रतियोगिताको माध्यमबाट थप राम्रा प्रतिभा निस्किने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० महिला र पुरुष खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतियोतिामा विभिन्न तौल समूहमा महिलातर्फ १७ र पुरुषतर्फ १८ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन शनिबार महिलातर्फको ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पार्नुभएको छ भने ४५ केजी महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङले कास्य पदक जित्नुभएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158070839_1103144953532692_17644711616499216_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158070839_1103144953532692_17644711616499216_n.jpg)
त्यसैगरी ४५ केजी कै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदाले कास्य पदक हात पार्नुभएको छ ।
महिलाको ४९ केजि सिनियरतर्फ नेपाल प्रहरीकी संगिता राई स्वर्ण र ललितपुरकी उत्साह पाण्डे रजत पदक जितेकी छिन । ४९ केजि महिला युथतर्फ सप्तरीकी पूजा मण्डल स्वर्ण, कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छिन ।
४९ केजि महिला जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण पदक जितेकी छिन । यस्तै पुरुष सिनियरको ५५ केजि तौल समूहमा सेनाका तुलाराम महतोले स्वर्ण, नेपाल प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कास्य पदक हात पारेका छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159040723_481327559668250_7735527448359852394_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/159040723_481327559668250_7735527448359852394_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment