समाज

मलेशियामा निधन भएका मण्डलको परिवारलाई आर्थिक सहयोग

रामनारायण यादव /
जनकपुरधाम , चैत्र ५ गते ।
‘हेल्प मधेसी’ मलेसियाले आर्थिक सहयोग गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर ९ का छेदु मण्डलको मलेसियामा निधन भएको छ । हिजो बुधबार मृतकका परिवारलाई २८ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्त्ररण गरेका छन् ।
मृतक मण्डलको परिवारको आर्थिक अवस्था निकै कम्जोर भएकोले उनका परिवारलाई आर्थिक सहयोग गरेको संस्थाले बताए । मण्डलको फेब्रअरी १९ मा स्वास्थ्य समस्या आएपछि स्थानीय अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा निधन भएको हो । हेल्प मधेसी मलेसिया जोहोरका सचीव प्रदिप कुमार साहले संस्थामा जानकारी दिएपछि संस्थाले अध्यक्ष सुरेन्द्र महतोको पहलमा मण्डलको शव नेपाल पठाईएको थियो । मण्डल चार बर्ष अगाडि बैदेशिक रोजकारको सिलशिलामा मलेसियाका गएका थिए ।
सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका हेल्प मधेशी संस्थाले देश तथा बिदेशमा रहेका समस्यामा परेका, अशाय, विपन्न, बिरामीहरुलाई विभिन्न खाले आवश्यक सहयोग गर्दै आएआई रहेको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष राम उदगार यादव सामाजिक अभियन्ता सुनिता साह, विनोद शर्मा लगायतका उपस्थिती रहको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page