स्वास्थ्य

कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म प्रदान गरिने

काठमाडौं, ५ चैत्र । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो ।
पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए । दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने स्वास्थ्य मन्त्रालयको सूचनापछि प्रकाशन गरिने जानकारी मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page