महेन्द्र सदा /
पातो (सप्तरी) , चैत्र ६ गते । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको सहयोगमा डाक्नेश्वरी नगरपालिकाको जुडीं खोलामा सुलिस गेट सहित वाटर ड्याम्प निर्माण कार्यको आज शुक्रवार शिलान्यास गरिएको छ ।
सुलिस गेट निर्माण कार्यको शिलान्यास प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव र डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।
उक्त सुलिस गेट १ करोड २५ लाखको लागतमा निर्माण काम शुरु भएको प्रदेश सभा सदस्य यादवले जानकारी दिनुभयो । उहाँले निर्माण कार्यको रेखदेख र अनुगमन सिँचाइ विभाग राजविराजले गर्ने समेत जानकारी गराउनुभयो ।
यो सुलिस गेट सहित वाटर ड्याम्प निर्माण सम्पन्न भए पश्चात डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ को कटैया, फत्तेपुर तथा पातो र भूतहि समेतको ३ सय विघा कृषियोग्य जग्गा सिँचाई हुने डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162862214_509713767088637_2516345685309060914_n-1-1024x493.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162862214_509713767088637_2516345685309060914_n-1-1024x493.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment