राष्ट्रिय समाचार

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा २ हजार २ सय २७ जना उत्तीर्ण

काठमाडौं, ६ चैत्र । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परीक्षार्थीहरु सहभागि रहेका थिए ।
सबै प्रदेशका परीक्षा केन्द्रमा संचालन भएको सो परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन हुने गरको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page