समाज

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते

सप्तरी , ८ चैत्र । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
राजविराजबाट हनुमाननगरतर्फ गइरहेको अनटेष्ट मोटरसाइकल अनियन्त्रित भएर राजविराज–१५ खाँडो पुलमा दुर्घटना हुँदा तिलाठी कोइलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृृत्यु भएको छ । दुर्घटना घाइते भएका मण्डलको गजेन्द्रनारयण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका गम्भीर घाइते भएका मोटरसाइकलको पछाडी सवार १५ वर्षीय कौशल मण्डललाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ ।
उनको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page