महेन्द्र सदा /
पातो (सप्तरी) । सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोमा लागुऔषध दुव्यर्सन सम्बन्धी सरोकारबालाहरुसंगको अन्तरक्रिया कार्यक्रमा सम्पन्न भएको छ ।
आइतबार पक्षपातरहित वैकासिक सशक्तिकरण संघ नेपाल राजविराज सप्तरीको आयोजना तथा सप्तरी संसदिय क्षेत्र नं. ३ (ख) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नम्वर २ का प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादवले लागूऔषध सेवन गर्ने युवाहरुको संख्या दिनप्रति दिन बृद्धि भएकै कारणले गर्दा समाजमा अनैतिक आचरण बढ्दै गईरहेको बताउनुभयो । उहाँले लागुऔषधबाट युवा र समाजलाई मुक्त बनाउन सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162869902_442885760300694_6804527309562773221_n-1024x493.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/162869902_442885760300694_6804527309562773221_n-1024x493.jpg)
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल , एसपि राजु श्रेष्ठ, डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साह, अनुसन्धान र सेना प्रमुख , सबै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधिहरुले समुदायमा हुने घटना र युवाहरुलाई कुलतबाट , विकृति विसंगतिबाट बचाउनको लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधिहरुलाई सचेत गराउने कार्य पनि भएको थियो ।
कार्यक्रम संचालन पत्रकार विनय कर्णले गर्नुभएको थियो भने स्वागत मन्तव्य पत्रकार श्रवण देवले गर्नुभएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163158887_4109979072385671_814199723372494964_n-1024x493.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163158887_4109979072385671_814199723372494964_n-1024x493.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment