काठमाडौं , ९ चैत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह (Syed Haider Shah) ले शिष्टचार भेटघाट गर्नुभएको छ।
नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गर्नुभएको हो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि राजदूतमा नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दक्षिण एसियाली छिमेकी मुलुक भएकाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नजिकबाट सहकार्य हुँदै आएको बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163446662_2490103301299437_5251313788903739142_o.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163446662_2490103301299437_5251313788903739142_o.jpg)
‘दुई देशबीच उच्चस्तरीय भ्रमण आदन-प्रदान हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘यस अवसरमा सन् २०१८ मार्चमा पाकिस्तानका प्रधानमन्त्री महामहिम शाहिद खकान अब्बासीको नेपालको औपचारिक भ्रमण स्मरण गर्न चाहन्छु ।’अध्यक्ष तिमिल्सिनाले दुई देशबीच व्यापार, लगानी, पर्यटन, संस्कृति, जनताबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै दुई मुलकको आपासी लाभका धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।’कोरोना भाइरसको महामारीका कारण संसारमा नयाँ चुनौती थपिएको छ,’ उहाँले भन्नुभयो, ‘यसले दुई देशमा पनि असर गरेकाले पारस्परिक साथ र सहयोगले घातक भाइरसविरुद्ध लड्न मद्दत पुग्ने विश्वास लिएको छु ।
‘त्यसैगरी नेपाली पर्वतारोहीहरुको टोलीले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल ‘केटू’को पहिलोपल्ट सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यसले दुई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुगेको बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163203806_2490103267966107_9033839873609675590_o-1024x689.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/163203806_2490103267966107_9033839873609675590_o-1024x689.jpg)
पाकिस्तानको सिनेटको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनर्नियुक्त भएकोमा मुहम्मद सादिक सन्ज्रानीलाई बधाई व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राजदूत शाहमार्फत सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा तिमिल्सिनाले दुई देशको सरकार र संसदबीचको सम्बन्धलाई अझ मजबुद र फलदायी बनाउन नवनियक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटका क्रममा राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ मजबुद बनाउन आफूले काम गर्ने बताउनुभयो । उहाँले पाकिस्तानमा पढेर आएका चिकित्सकहरुले नेपालमा सेवा गरेको देख्न पाएकोमा खुसी व्यक्त गर्दै छात्रवृत्ति र तालिमहरु बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदन-प्रदान हुने विश्वास व्यक्त गर्नुभयो।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment