बृजमान तामाङ /
बिरेन्द्र बजार, १० चैत । महुली लघुबित्त बित्तीय संस्था लिमिटेड महुली शाखाद्वारा सप्तरीको महुलीमा आयोजित तीन दिवसिय वार्षिक केन्द्र प्रमुख, उपप्रमुख स्तरीय समिक्षा गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
आरती महिला बिकास १०७ नम्बर केन्द्र घोघिदहका प्रमुख राज कुमारी चौधरीको अध्यक्षता तथा महुली लघुबित्त बित्तीय संस्थाका केन्द्रिय प्रबन्धक रमेश चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्र संचालनमा आउने समस्याको सामाधान खोज्ने, केन्द्रहरू बीच प्रतिस्पर्धा गाराउदै उत्कृष्टलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने, कर्जा भार न्यूनीकरण गर्न जनचेतना जगाउने, सदस्य हरुलाई साक्षार बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरेको महुली लघुबित्त बित्तीय संस्था महुली शाखाले जनाएको छ ।
कार्यक्रममा लघुबित्त बित्तीय संस्थाका महिला बिकास केन्द्रका उत्कृष्ट केन्द्र र उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । सप्तरीका विभिन्न स्थानीय तहमा संचालित १ सय ७१ महिला बिकास केन्द्र मध्ये आर्थिक बर्ष २०७७र०७८ मा छ्नौट भएका केन्द्रहरूलाई नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/164007294_171093961404255_2461080901839336305_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/164007294_171093961404255_2461080901839336305_n.png)
यस वर्ष शक्ति महिला बिकास ३६ नम्बर केन्द्र तेरहौताले प्रथम स्थान हासिल गरि नगद ४ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छ्न । शंकर महिला बिकास २९ नम्बर केन्द्र बरमझियाले दोश्रो स्थान ल्याई नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरे । आरती महिला बिकास १०७ नम्बर केन्द्र घोघिदहले तेस्रो स्थान प्राप्त गर्दै नगद २ हजार प्रमाणपत्र हासिल गरे भने कस्तुरी महिला बिकास ८४ नम्बर केन्द्र प्रशवनीले सान्त्वना पुरस्कर प्राप्त गरि नगद १ हजार प्रमाणपत्र हासिल गरे ।
संस्थाद्वारा प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट सदस्य पुरस्कार पशुपति महिला बिकास १५४ नम्बर केन्द्रकि बुचिदेवी खंगलाई प्रदान गरिएको छ । उनलाई नगद २ हजार प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । उत्कृष्ट केन्द्र र उत्कृष्ट सदस्यलाई प्रमुख अतिथि चौधरीले पुरस्कार प्रदान गरेका थिए
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका, कञ्चनरुप नगरपालिका, राजबिराज नगरपालिकाका १ सय ७१ वटा केन्द्रका तीन चरणमा गरि २ सय १० जना केन्द्र प्रमुख ,उपप्रमुख सहभागी गोष्ठीको प्रशिक्षक केन्द्रिय प्रबन्धक चौधरी थिए भने कार्यक्रमको सहजीकरण महुली शाखा प्रबन्धक डम्बर नारायण यादव, कठौना शाखाका प्रमुख प्रकाश कुमार लेखीले गरेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/164588267_791432881504525_6615430204341081145_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/164588267_791432881504525_6615430204341081145_n.png)
कार्यक्रममा महुली शाखाका सेन्टर म्यानेजर प्रभा कुमारी चौधरी, सहभागी संतोषी चौधरी, उमा चौधरी लगायतकाले बोल्दै तालिमले केन्द्र संचालनमा महिलाहरुको नेतृत्व क्षमता अभिबृद्वी गरेको तथा बित्तीय कारोबारमा सहयोग पुग्ने हुनाले निरन्तरतामा जोड दिए ।
महुली सामुदायिक बिकास केन्द्रका सभाहल्मा आयोजित कार्यक्रमको संचालन महुली शाखाका सेन्टर म्यानेजर युवराज निरौलाले गरे ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment