स्वास्थ्य

विभिन्न किसिमका रोगहरुबाट बच्न विषादी रहित खानेकुराहरुमा जोड दिनुपर्ने :नगर प्रमुख मिश्र

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , चैत्र १० गते ।
आफ्नो खानपीनमा राम्रो विचार पुर्याएन भने मानिसलाई विभिन्न किसिमका रोगहरु लाग्ने भएकाले विषादी रहित खानेकुराहरुमा जोड दिनुपर्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
मंगलबार कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीद्वारा आयोजित स्वास्थ्यकर्मीहरुका लागि लोप्रोसी पोस्ट एक्सपोजर प्रोफाइलेक्सि कार्यक्रम सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख मिश्रले सो कुरा बताउनुभएको हो ।
मानिस स्वस्थ रहे मात्र उसले राम्रोसँग प्रगति गर्न सक्ने भएकाले नागरिकलाई कसरी स्वस्थ राख्न सकिन्छ त्यसतर्फ स्वास्थ्यकर्मीहरुले विशेष ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । केही दिनभित्र गरिब तथा दलितको घरमै स्वास्थ्यकर्मीहरुको टोली गई स्वास्थ्य जाँच गरी निःशुल्क औषधी समेत वितरण गर्न लागिएको समेत मिश्रले बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव , पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले समग्रमा अरु पालिका भन्दा यस पालिकाको स्वास्थ्य क्षेत्रमा धेरै पैगति भएको र अझ यस पालिकाको स्वास्थ्य क्षेत्र राम्रोमा राम्रो कसरी बनाउन सकिन्छ त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

नगरपालिका भरिका स्वास्थ्य संस्थाका प्रमुखहर सहभागि अभिमुखिकरण कार्यक्रममा एन.एल.आरका प्राविधिक निर्देशक नन्दलाल बास्तोला , फिल्ड कोअडिनेटर माधवराज भट्टले सहजीकरण गर्नुभएको थियो ।
सस्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page