राजनीति

थारुवान थारुहट राष्ट्रिय मोर्चाद्वारा मोटरसाइकल र्‍याली प्रदर्शन

बृजमान तामाङ /
बिरेन्द्र बजार, २० चैत ।
थारुवान थारुहट राष्ट्रिय मोर्चाले शुक्रबार मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । साँसद रेशम चौधरीको रिहाई तथा टिकापुर थारु बिद्रोहको क्रममा थारु नेताहरूमाथी लगाएको मुद्वा फिर्ताको माँग गर्दै मोर्चाले मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघिदहको खेल मैदानबाट निस्किएको सयौं मोटरसाइकल कल्याणपुर बजार हुँदै महुली चौकमा आई पुगेको थियो ।
थारुहट थारुवान राष्ट्रिय मोर्चाद्वा शनिबार अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित घोघीदहमा आयोजित राष्ट्रिय सभालाई सफल पार्न र्‍याली आयोजना गरेको मोर्चाका संयोजक श्रावण थारुले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page