समाज

सप्तरीको चाँदनी चौकमा रहेको त्रिरत्न गुम्बालाई लाखबत्ती दान

बृजमान तामाङ /
बिरेन्द्र बजार , २१ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा रहेको त्रिरत्न गुम्बालाई (घेसर बत्ती) लाखबत्ती दान गरिएको छ ।
स्वर्गीय मौतिमाया तामाङको ४९ औं दिनको पुण्यतिथिको अबसरमा शनिबार स्वर्गीय तामाङको परिवारले गुम्बालाई बत्ति दान गरेको हो ।
तामाङ संस्कार अनुसार मृतकलाई ४९ औं दिनमा सेगु पूजा गरि अन्तिम बिदा गरेपछी जुठो परेकाहरु चोखिने नेपाल तामाङ लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म लामाले बताउनुभयो ।

स्वर्गीय तामाङको परिवारले गुम्बाका अध्यक्ष खडग बहादुर तामाङलाई लाखबत्ती र नगद समेत हस्तान्तरण गरे । स्वार्गिय तामाङको क्रमशः सन्जमान, सूर्यमान, नवीन बृजमान र तिलक तामाङ गरि ५ भाइ छोरा र ५ छोरी छन् ।
यसैगरी सोही अबसरमा स्वर्गीय पति बल बहादुर घिसिङको स्मृतिमा स्थानीय कामु तामाङले गुम्बालाई कुम्भु ( ठूलो बत्ती) दान गर्नुभएको छ । उहाँले गुम्बाका पदाधिकारीलाई १ थान कुम्भु (ठूलो बत्ति) र नगद १ हजार ५ रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
गुम्बालाई बत्ति हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ, लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म लामा, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले लगायतका तामाङ अगुवाहरुको उपस्थित रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page