समाज

ठेलिया स्थित लक्षणपट्टीमा सामुदायिक भवनको प्रदेश नम्बर २ का इन्चार्ज मण्डलद्वारा शिलान्यास

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , चैत २२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ ठेलिया स्थित रहेको लक्षणपट्टीमा नेकपा एमालेका स्थायी कमिटि सदस्य, प्रदेश नम्बर २ का इन्चार्ज एवं प्रमुख प्रतिपक्षि दलका नेता सत्यनारायण मण्डलले आइतबार सामुदायिक भवनको शिलान्यास गर्नुभएको छ ।
सो कार्यक्रममा बोल्दै मण्डलले नेकपा एमालेको सरकारले जति अरु कसैले पनि गर्न नसक्ने बताउनुभयो । उहाँले एमालेको सरकारले जनतालाई शुखी सम्पन्न बनाउने अभियानमा लागेको हुँदा आफ्नो गाउँको विकास कार्यमा इमान्दारी पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ को आफ्नो संसदिय कोषबाट १० लाख सामुदायिक भवन निर्माणका लागि सहयोग गरेको समेत उहाँले बताउनुभयो ।
पूर्वधार विकास कार्यालयका इन्जिनियर उग्रानन्द पाठकले आफूबाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सधैं स्थानियको साथ र सहयोगमा रहेको बताउनुभयो ।
छत ढलान सहित एक कोठे पक्कि भवन असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष महेन्द्र सरदारले बताउनुभयो ।
सो कार्याक्रममा बुद्धिजिवि , समाजसेवी , महिला, स्थानिय र सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page