समाज

प्युठानको गौमुखी गाउँपालिकामा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

काठमाडौं (रासस) । प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page