समाज

नेता सरदारको आमाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना

बृजमान तामाङ /
बिरेन्द्र बजार,२८ चैत ।
बिप्लव नेकपाका जनकपुर जनसरकार ब्युरो सदस्य बच्चेलाल सरदारको आमा स्वर्गीय सुकमरिया देवी सरदारको १३ औं दिनको पूण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
नेपाल सरदार बाँतार समाज उत्थान केन्द्रिय समितिद्वारा शनिबार सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित प्रसवनीमा नेता सरदारको आमाको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

नेपाल सरदार बाँतर समाज उत्थान समिती सप्तरीका अध्यक्ष राजेन्द्र सरदारको अध्यक्षता तथा केन्द्रिय महासचिव एवम् दलित आयोग प्रदेश २ का सदस्य श्याम सरदारको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि महासचिव सरदारले बाँतर समुदायको पहिचान र अधिकारका निम्ति संघर्षरत बच्चेलाललाई प्रहरीले षड्यन्त्रपूर्वक फसाएको आरोप लगाए । बच्चेलाल बाँतर समुदायका असाधारण ब्यक्ति हुन महासचिव सरदारले भने, बाँतर समुदायमा एउटा विद्वान नेताको आगमन देख्न नचाहने सामज बिरोधिहरुले जालझेल गरि कारगार पठाए ।

कसैको दास्वता स्वीकार नगर्ने निडर र हक्की स्वभावका क्रान्तिकारी सपुतको जन्म दिने नेता सरदारको आमाको निधनले बाँतर समाजलाई अपुरणिय क्षति भएको भन्दै दुख व्यक्त गरे ।
बिप्लव नेकपाका सिरहा सप्तरी संयुक्त सेक्रेटरी गणेश साहले नेता बच्चेलाललाई निशर्त रिहाई गर्नुपर्ने बताए । पार्टीले घोषणा गरेको सडक संघर्षको क्रममा प्रहरीले नियन्त्रणमा लिई झुठोमुद्वा लगाएर नेता सरदालाई जेल हालेको उनले बताए ।

बिप्लव नेकपा सप्तरी, सिराहा जिल्ला जनसत्ता सदस्य उदय मण्डलले नेता सरदार छिटै रिहाई हुने बताए । नेता सरदार जेलमुक्त भएमात्र उनको आमाको आत्माले शान्ती पाउने भन्दै उनले नेता सरदार बैशाखको पहिलो हप्ता सम्ममा छुट्ने दाबी गरे ।
श्रद्धाञ्जली सभामा नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, बिप्लव नेकपा सिरहा जिल्ला जनसत्ता प्रमुख राजु बिश्वकर्मा, सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डल, नेपाल सरदार बाँतर सामाज उत्थानका केन्द्रिय सदस्य जगदीश सरदार, नेकपा माओबादी केन्द्रका रामलाल सरदर लगायतका समेतले शोक मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन नेपाल सरदार बाँतर समाज उत्थान केन्द्रका केन्द्रिय सदस्य जोखन सरदारले गरे ।

स्वर्गीय सरदारको एक मात्र छोरा बच्चेलाल ६ वर्ष देखि राजबिराज कारागारमा छ्न । स्वर्गीय सरदारको छोरा जेलमा बन्दी भएपछी ९ बर्षिय नातिनी मानसी सरदार कर्ता बसेकी थिईन । नेता सरदारको एक छोरी मात्र छिन ।
नेता सरदारलाई बिप्लव नेकपाद्वारा २०७२ सालमा अवाहन गरेको नेपाल बन्दको पूर्वसन्ध्या मसाल जुलुस प्रदर्शन गर्ने क्रममा विशाल चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । राजनैतिक पूर्वग्राहको कारण केही ब्यक्तीले गाउँकै एक ब्यक्तिको ज्यान मारेको अभियोग लगाई फसाएको सरदारले दाबी गर्दै आएका छन ।
सरदारलाई ८ वर्षको जेल सजाए सुनाएको छ । नेता सरदार आमाको पुण्यतिथीमा समेत उपस्थित हुन पाएन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page