समाज

बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु , ३७ जना घाईते

नेपालगञ्ज , ४ वैशाख । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोलामा बस र टिपर ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन् ।
शुक्रवार बेलुका सवा ६ बजेतिर बस र टिपर ठोक्किँदा सुर्खेत साटाखानी ७ का ४१ वर्षीय जीवन कुमार बिक, कोहलपुर नगरपालिका वडा नम्बर १२ का टिपर सहचालक २१ वर्षीय उदय बाँठा, टिपर चालक कोहलपुर ३ का २५ वर्षीय खगेन्द्र बहादुर सुनार, झापाको मेची नगरपालिका १० का बस मालिक ४५ वर्षीय छत्र बहादुर कटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अन्दाजी ३५ वर्षीय महिलाको नाम ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको छ ।
विकको घटनास्थलमै र अन्य चार जनाको अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको हो ।
सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र कोहलपुरतर्फ जाँदै गरेको टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
बसमा ४२ जना यात्रु सहभागी थिए ।

   

You cannot copy content of this page