समाज

बहुक्षेत्रिय पोषण सम्बन्धि गोष्ठि तथा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण

कञ्चनरुप (सप्तरी) । कञ्चनरुप नगरपालिका सप्तरीले सोमबार वडा नम्बर ८ मा बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने गोष्ठि तथा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सुनौलो हजार दिनका आमा र बच्चाको लागि पोषणयुक्त खानेकुराहरु अतिनै आवश्यक पर्ने भएकाले नगरपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिई बच्चालाई कुपोषण हुनबाट जोगाउन पोषणयुक्त खानेकुराहरु खुवाउन अतिनै आवश्यक रहेको बताउनुभयो ।
गोष्ठिमा सहभागिहरुलाई स्वास्थ्य शाखाका सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले सुनौला हजार दिनका बारेमा, पशुपंक्षि विकास शाखाका प्रमुख दिवाकान्त चौधरीले पोषण आहारका बारेमा, प्रशासनका राजेश कुमार यादवले सुशासनका बारेमा र वडा नम्बर ८ की वडा सचिव कविता बस्नेतले पञ्जिकरणका बारेमा जानकारी दिनुभएको थियो भने पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहयोगिको भूमिका निर्वाह गर्नुभएको थियो ।

सहभागी ४५ जना सुनौलो हजार दिनका आमाहरुलाई सर्वोत्तम पिठो , माक्स, लुगा धुने र नुहाउने साबुन , घ्यू, चना,तरकारीको बीऊ, नुन,झोला,क्याल्सियम निःशुल्क रुपमा प्रदान गरिएको वडा सचिव बस्नेतले बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page