समाज स्वास्थ्य

कञ्चनरुप – ९ मा सुनौलो हजारदिनका आमा छनौट कार्य सुरु

कञ्चनरुप , बैशाख १० गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरु छनौट गर्ने काम सुरु भएको छ ।
यस वडामा ३० जना सुनौलो हजार दिनका आमाहरुलाई छनौट गरी उनीहरुको नामावली वडाबाट प्रमाणित गराएर नगरपालिका स्वास्थ्य शाखामा पठाउनु पर्नेछ । शुक्रबार बसेको बैठकको निर्णयानुसार दलित, विपन्न र अन्य आमाहरुलाई छनौट गर्नुपर्ने छ र तीन दिन भित्रमा नामावली पठाईसक्नु पर्नेछ ।
वडाध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्यहरु, स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवि , महिला, पुरुषको उपस्थिति रहेको थियो ।

सो अवसरमा कञ्चनरुप नपा स्वास्थ्य शाखा पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले छनौट गर्ने तरीका र कस्तालाई प्राथमिकतामा राख्ने भन्नेबारेमा जानकारी गराएकी थिइन् ।
सो कार्यक्रममा सीआईसिटी टिमका संयोजक एवं आधारभूत स्वास्थ्य केन्द्र कञ्चनरुप ९ रघुनाथपुरका प्रमुख हेल्थ असिस्टेन विकास कुमार गुप्ताले कोरोना भाइरस ( कोभिड–१९) को रोकथाम , नियन्त्रण , केस इन्भेस्टीगेसन तथा कन्ट्रयाक ट्रेसिंग र पोषण कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
यस वडामा साविक गाबिस रुपनगरको ५, ६, ८, ९ र धरमपुरको ६, ७ , ९ गरी ७ वटा वडाहरु र १२ वटा टोल पर्दछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page