समाज

हनुमानको मुर्ति तोडफोड गरेको भन्दै सडकको काम अवरुद्ध

बृजमान तामाङ /
बिरेन्द्र बजार,१५ बैशाख ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा बुधबार हनुमानको मुर्ति तोडफोड गरेको भन्दै सडक बिभागको काममा स्थानीयले अबरोध गरेका छ्न् ।
सडकको पिपलको रुख हटाउने क्रममा रुखमुनी रहेको हनुमानको मुर्ति तोडफोड भएपछि स्थानीयले बिरोध जनाएको हो । सडक बिभागले हनुमानको मुर्ति सारिदिने भनी गरेको सहमति विपरित बल प्रयोग गरि मुर्ति तोडफोड गरेको स्थानीयले आरोप लगाएका छ्न् ।
रुख काट्ने क्रममा मुर्तिमा असर परेको भन्दै स्थानीयले रुख काट्ने काममा अबरुद्ध गरे । स्थानीयले बिरोध जनाएपछि रुख काट्ने कार्यलाई थाँती राखी सडक बिभाग पछि हटेको छ । वरिपरिका सडकमा परेको सम्पुर्ण बोटबिरुवा कटान गरि लगेपनी स्थानीयले अबरुद्ध गरेपछी हनुमान मुर्ति भएको पिपलको रुखलाई ढालेर छाडिएको छ ।

स्थानीयले हनुमानको मुर्तिलाई सुरक्षित स्तान्तरण गर्न माँग गरेका छ्न् । मुर्तिलाई घर नजिकै आफ्नो निजि जमिनमा सार्न आग्रह गर्दा समेत सडक बिभागले सुनवाइ नगरेको स्थानीय बलराम साहले बताए । सडक बिभागका म्यानेजरले मुर्ति सारिदिन्छु भनेका थिए,साहले भने, हामिले रोक्दारोक्दै सहमति बिपरित सडक बिभागका कर्मचारीले रुख ढाले साथै मूर्तिलाई पनि बाङ्गो पारी काम नलाग्ने बनाए ।
मुर्तिको उचित ब्यबस्थापन तथा क्षतिपुर्तिको माँग गर्दै स्थानीयबासी अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा डेलिगेशन गएका छ्न् । ढिलो गरि गएका उनीहरुले गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीलाई नभेटेपछि खाली हात फर्किएका थिए ।
गाउँपालिका अध्यक्षसँग टेलिफोन सम्पर्क भएको जानकारी दिदै स्थानीय छोटेलाल चौधरीले अध्यक्षले त्यस्तो गर्नु नहुने भन्दै स्थलगत निरीक्षणमा आउने प्रतिबद्धता जनाएको बताए ।
यस सम्बन्धमा सडक बिभागका पदाधिकारी संग बुझ्न खोज्दा फोन उठेन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page