कञ्चनरुप (सप्तरी) , १६ वैशाख । सप्तरीका कोरोना संक्रमितको धरानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड –१९ अस्पतालमा उपचारार्थ रहेका जिल्लाको अग्नीसाइर कृष्णासवर गाउँपालिका–५ का २४ वर्षीय युवकको बुधबार राती १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभयो ।
मृतक पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
ती संक्रमित पुरुष सुगर र प्रेसरको बिरामी समेत रहेको जनाएको छ । मृतक कोरोना संक्रमित भारतको दिल्लीबाट एक साताअघि घर आएका थिए ।
सप्तरीका कोरोना संक्रमित २४ वर्षीय युवकको धरानमा मृत्यु











Add Comment