समाज स्वास्थ्य

कञ्चनरुपमा दुई प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी), १९ वैशाख । सप्तरीको कञ्चनरुपमा आज आइतबार दुई प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा ८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा दुई प्रहरी र दुई महिला सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कञ्चनरुप -५ का ४० र ३६ वर्षीय पुरुष , कञ्चनरुप -८ का ६९ वर्षीय पुरुष , ५६ वर्षीय महिला रहेका छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कञ्चनपुरका ४७ वर्षीय पुरुष र २२ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page