खेलकुद

आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’
हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि स्थगित भएको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page