समाज

कटारीमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

उदयपुर, बैशाख २४ गते । कटारीमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ५ का १८ वर्षीय सुभास परियार रहेका छन् । उनको कटारी नगरपालिका ११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो ।
धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका थिए ।

उनलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page