शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
मधेस प्रदेश

२ नं. प्रदेश प्रहरीद्वारा सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा

जनकपुरधाम । २ नं. प्रदेश प्रहरीले आज सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग तथा अस्पताललाई हस्तान्तरण गरेको छ ।
२ नम्बर प्रदेश प्रहरीको सक्रियतामा स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले आज प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखेको अक्सिजन भरी सिलिण्डर एक सय ३२ वटा र खाली सिलिण्डर पाँच सय ६८ वटा गरी जम्मा सिलिण्डर सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक Distributor मा बुझाएको प्रदेश प्रहरीको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उदेश्यले कोरोना महामारीको नयाँ भेरियन्टले भयावह स्थिति ल्याएको अवस्थामा अस्पतालमा अक्सिजनको अभाव देखिएको हुदा यश बारे थप अनुसन्धान र कार्वाही भैइरहेको छ। स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि अक्सिजन सिलिन्डर प्रयोग नगर्न नगराउन समेत प्रहरीले अपिल गरेको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page