समाज

सप्तरीका कोरोना संक्रमित ६१ वर्षीय पुरुषको धरानमा मृत्यु

कञ्चनरुप (सप्तरी), २८ वैशाख । सप्तरीका कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भएर धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ भलुवाका ६१ वर्षीय पुरुषको आज बिहान १० बजेको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुटुमा समस्या देखिएपछि वैशाख २७ गते धरान स्थित प्रतिष्ठान अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेकोमा ,निजको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
यो संगै सप्तरीमा कोभिड –१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page