स्वास्थ्य

आज ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त , १ सय २९ जनाको मृत्यु ,८ हजार ९८० जनामा संक्रमण

काठमाडौं । नेपालमा आज थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हाल सम्म ५ लाख ५ हजार ६ सय ४३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
१९ हजार ३ सय ५७ नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५ सय ९१ जना तथा ७ सय ४८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३ सय जना ८९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर ३ लाख ८३ हजार ६ सय ४८ जना व्यक्ति कोभिडमुक्त भएका छन् ।
यस्तै आज १ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ हजार १ सय ५३ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार १ सय ३ जना होम आइसोलेसन, ७ हजार ७ सय ३ जना संस्थागत आइसोलेसन, १ हजार ७ सय ३२ जना आईसीयू र ५ सय २३ जना भेन्टिलेटरमा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page