कोशी प्रदेश समाज

बिराटनगरबाट लागूऔषध सहित एक महिला पक्राउ

विराटनगर, जेष्ठ ९ गते । मोरङको बिराटनगरबाट लागूऔषध सहित एक जना महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी १ की ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई शनिबार बेलुका ६ बजे बिराटनगर १७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट,SPASMO –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page