समाज

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट हुँदा लाखौंको क्षति

कञ्चनरुप । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रन्जितपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जल्नुका साथै लाखौँको क्षति भएको छ ।
सोही ठाउँका भरत चौधरीको परालको टालबाट सल्केको आगो फैलिएर आगलागी हुँदा चौधरीको घरसहित बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको एकरएक वटा घर पूर्ण रुपमा जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी बन्हु चौधरीको घरमा राखिएको ६ लाख नगद पैसा ,गरगहना, अन्नपात, लत्ताकपडा लगायतका सरसामान जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page