उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , २६ जेठ । गुणस्तरीय शिक्षाका भौतिक पूर्वाधारको विकास हुन अतिनै आवश्यक रहेको कुरा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ६ स्थित रहेको महेन्द्र जनता माध्यमिक विद्यालय घोघनपुर बलुवाको ४ कोठे पक्की भवनको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले सो कुरा बताउनु भएको हो ।
प्रसस्त मात्रामा सुविधा सम्पन्न कक्षा कोठा, शान्त वातावरण, गुणस्तरीय शिक्षा भएमा मात्र विद्यालयको भविष्य उज्वल रहने प्रमुख मिश्रले बताउनुभयो । नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत उहाँले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/192077095_192590589427312_3523954314018270810_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/192077095_192590589427312_3523954314018270810_n.jpg)
नेपाल सरकारको भौतिक पूर्वाधार सशर्त अनुदान कार्यक्रम अन्तर्गत ३६ लाखको लागतमा नगरपालिकाको शिक्षा शाखा मार्फत ४ कोठे पक्की भवनको शिलान्यास गरिएको शिक्षा शाखाका संयोजक ललितनारायण यादवले बताउनुभयो ।
निर्माण कार्यलाई असार मसान्त भित्र सम्पन्न गरिने विद्यालयका प्रधानाध्यापक मो. सलिमले बताउनुभयो ।
सो कार्यक्रममा वडा नम्बर ६ र ७ का वडा अध्यक्ष मो. जिब्रिल, हरिकृष्ण महतो, वडा सचिव मिरा भट्टराई, शिक्षक रमेश तिमिल्सिना, प्रेस सल्लाहकार उत्तम आचार्य, प्राविधिक संजय कुमार विश्वास, निर्माण समितिका अध्यक्ष मनिर मियाँ लगायत समाजसेवी बुद्धिजीविहरुको उपस्थितिमा शिलान्यास सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/193641973_483199372768151_2674854057111323140_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/193641973_483199372768151_2674854057111323140_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment