स्वास्थ्य

आज थप ३ हजार ६६० कोरोना संक्रमणमुक्त, थप ३४ जनाको मृत्यु ,२ हजार ४०१ संक्रमित थपिए

काठमाडौं । नेपालमा आज थप ३ हजार ६६० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या ५ लाख ५३ हजार ३४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् ।
आज ७ हजार १० नमूनाको पिसिआर तथा ४ हजार ६ सय ८६ नमूनाको एन्टिजेन गरी जम्मा ११ हजार ६ सय ९६ नमूनाको परीक्षण गरिएकोमा सो संक्रमण देखिएको हो ।
कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page