समाचार

राजगढ गापाद्वारा छैठौं गाउँसभाबाट युवा लक्षित कृषि कार्यक्रम “एक गाउँ एक उत्पादन” घोषणा

कञ्चनरुप (सप्तरी), असार ५ गते । सप्तरीको राजगढ गाउँपालिकाले छैठौं गाउँसभाबाट युवालाई लक्षित गरि कृषि कार्यक्रम अन्तरगत “एक गाउँ एक उत्पादन ” कार्यक्रम घोषणा गरेको छ ।
अध्यक्ष परमान्द यादवले, आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गर्न युवा लक्षित गर्दै “एक गाउँ एक उत्पादन कृषि कार्यक्रम” घोषणा गर्नुभएको हो ।
शुक्रबार जनता माध्यमिक विघालय नर्घोको प्राङ्गणमा राजगढ गाउँपालिकाको छैठौं गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।
गाउँपालिका अध्यक्ष यादवले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक गाउँ एक उत्पादनका लागि सम्भाव्यता अध्ययन गरी कृषिका कार्यक्रम अन्र्तगत तरकारी वाली,अन्नबालीको बिऊ उत्पादन तथा उच्च मूल्यका फलफुल नर्सरी स्थापनामा व्यवसायिक फर्म, कृषक समूह वा कृषि सहकारीलाई परिचालन गरिने बताउनु भएको छ ।

सो छैठौं गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो,‘आर्थिक, सामाजिक रुपमा पछाडि परेको वर्ग र दलितहरुको आयमा बढोत्तरी हुने खालका सीप र क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भएको छ ।
गाउँपालिकाको सेवाप्रवाहको प्रभावकारिता र पारदर्शिता सम्बन्धमा प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाईको कार्यक्रम गर्ने, गाउँपालिकाको केन्द्रमा डिजिटल नागरिक वडापत्रको व्यवस्थापन,विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण रोक्न तथा उपचारका लागि मापडण्ड अनुसारको क्वारेन्टाइन स्थल तथा हेल्थ डेस्कहरु संचालन,कृषक पाठशाला संचालन,व्यवसायिक किसान परिचयपत्र प्रदान गर्ने नीति सम्मको योजना छैठौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समिटिएकोे छ ।
सो गाउँसभामा राजगढ गाउँपालिकाकी उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, प्रमुख प्रशासकिय अधिकृत रमेश प्रसाद यादव, राजगढ गाउँपालिकाका सल्लाहकार रामाकान्त यादव,राजगढ गाउँपालिकाका वडा नं १ का वडा अध्यक्ष नारायण यादव,वडा नं ३ का वडा अध्यक्ष सिताराम यादव,वडा नं.४ का वडा अध्यक्ष हेमनारायण साह र वडा नं.६ का वडा अध्यक्ष कमलदेव,सभा सदस्य निभा राम र दलित सरोकार मञ्च सप्तरीका जिल्ला संयोजक राजकुमार पासवान लगायतले सामुहिक धारणा राख्दैं अब अन्तिम गाउँसभा भएकाले यसलाई सकारात्मक सोचले समयलाई सदुपयोग गर्दै राजगढ गाउँपालिकाको समग्र विकास तथा समृद्ध तर्फ अगाडी बढन सबै जनप्रतिनिधिहरु एकजुट हनुपर्ने बताउनुभयो ।
सो गाउँसभा गाउँपालिकाको अध्यक्ष परमान्द यादवको अध्यक्षतामा सम्पन्न नीति तथा कार्यक्रममा स्वागत मन्त्वय गाउँपालिकाकी उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल एवं सभा सञ्चलन स्वास्थ्य शाखा संयोजक रामचन्द्र यादवले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page