समाचार

कञ्चनरुप नगरपालिकाको आ.व. २०७८/०७९ को निति तथा कार्यक्रम( पूर्व पाठ सहित )

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाले पाँचौं नगर सभाको आयोजना गरी आ.व. २०७८/०७९ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न नगर सभामा नगर उपप्रमुख निरु पोखरेलले आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
निति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, खानेपानी, सिँचाई, खेलकुद, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध स्रोत साधन अवसर र क्षमताको उच्चतम परिचालन गरी सिघ्र आर्थिक पुनरुथान गर्दै विकासको गतिलाई निरन्तरता दिने, सामाजिक आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत उत्थानशील , समुन्नत, स्वामित्व एवं समाजवाद अन्मूख अर्थ निति निर्माण गरिने, कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्व सुलभ बनाउने, स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नती र स्वास्थ्य जनशक्ति विकासमा जोड दिदै स्वच्छ नागरीक, समृद्ध नगरपालिका भन्ने मूल नारा साँथ स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने, विकासको सिघ्र प्रतिफल प्राप्त हुने र आगामि वर्ष भित्र सम्पन्न हुने आयोजना योजनाहरु कार्यान्वयनमा ल्याइने, गुणस्तरीय र जीवन उपयोगी शिक्षा, सूचाना प्रविधिको विस्ता, आधारभूत स्वास्थ्य तथा खानेपानी लगायतका सामाजिक , आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माणलाई पहिलो प्राथमिकतामा राखिने जस्ता विषयहरु निति तथा कार्यक्रममा समेटिएको छ ।
निति तथा कार्यक्रमको पूर्व पाठ

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page