समाज

अतिविपन्न १ सय ५५ जना हरवाचरवा परिवारलाई चौथो चरणको राहत वितरण

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) ,१२ असार ।
द फ्रिडम फन्टको आर्थिक सहयोगमा तपेश्वरी समाज कल्याण संघ राजविराज ५ सप्तरीले शनिवार हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर ३, ११ र १२ मा कोरोना भाइरस (कोभिड १९) ले गर्दा भएको लकडाउनको कारण अतिविपन्न हरवा चरवा परिवारहरुलाई चौथो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले लकडाउनको बेलामा हरवाचरवाको परिवारमा समस्या पर्ने भएकाले सो परिवारमा चुल्हो निभ्न नपाओस भनेर तपेश्वरी समाज कल्याण संघले चौथो चरणको राहत वितरण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले सर्वप्रथम कोरोनाको महामारीमा स्वास्थ्य मापदण्ड अपनाउन अति आवश्यक रहेको बताउँदै सरसफाइ र खानपिनमा ध्यान पुर्याएमा रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

तपेश्वरी समाज कल्याण संघका परियोजना संयोजक प्रदिप कुमार जोशीले हरवाचरवाको आर्थिक उन्नतीका लागि सशक्तिकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउँदै हरवाचरवाको जीवन रक्षाका लागि लकडाउनको कारण अति विपन्न हरवाचरवा परिवारलाई चौथो चरणको राहत वितरण गरिएको बताउनुभयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्य, तपेश्वरी समाजका सामाजिक परिचालकद्वय खिलहरि विष्ठ, राधिका बस्नेत लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडा नम्बर ३ का २७ जना , वडा नम्बर ११ का ७६ जना र वडा नम्बर १२ का ५२ जना गरी जम्मा १ सय ५५ जना हरवाचरवा परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, एक लिटर खाने तेल, एक केजी नुन, दुई वटा नुहाउने साबुन, मास्क चार पिसका दरले राहत वितरण गरिएको तपेश्वरी समाजका सामाजिक परिचालक संजय कुमार खंगले बताउनुभयो ।
तपेश्वरी समाजका परियोजना संयोजक प्रदिप कुमार जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page