समाज

सप्तरीमा आज ट्याङ्करको ठक्करबाट दुई बालिकाको मृत्यु, तीन जना घाईते

बृजमान तामाङ /
बिरेन्द्र बजार, १२ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदानी चौकमा शनिबार ट्याङ्करले ठक्कर हान्दा २ बालिकाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका ३ कटैयाका बिष्णुदेव प्रमाणीका ९ वर्षकी छोरी यसोदा कुमारी प्रमाणी र कंचनरुप नगरपालिका ६ घोघनपुरका म. अरन्जेव (मुन्ना) का ७ वर्षिय छोरी सुमाया पर्बिन रहेकी छिन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ईन्धन बोक्ने ना ७ ख ५४९५ नम्बरको ट्याङ्करले सोही दिशाबाट आउदै गरेको स ११ प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर हान्दा प्रमाणीको घटना स्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिएर तिब्रगतिमा रहेको सोही ट्याङ्करले २ किलो मिटर पश्चिम पुगेर ना २ प ५२४५ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर हान्दा अर्का ७ बर्षिया बालिकाको समेत घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतक बालिका प्रमाणीकि आमा बर्ष ३२ कि सुमनबती प्रमाणी, २ बर्षका भाइ रुद्रप्रताप सिंह प्रमाणी र मामा मोटरसाइकल चालक बर्ष २५ को कुसुमलाल मण्डल घाईते भएका छ्न । घाईते तिनै जनाको धरमपुर स्थित धर्मेश्वार अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि बिराटनगर पठाएको प्रहरीले जनाएको छ ।
घाईते तिनै जनाको अबस्था सामान्य रहेको तथा ठक्कर दिने ट्याङकर र चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताए ।
चालकको लापरवाहीले दुर्घटना भएकोले कडा कारबाहीको माँग गर्दै मृतकका आफान्तले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरे । बिरोध प्रदर्शनका कारण ४ घण्टा सडक अबरुद्ध भएको थियो । सडक लास राखेर आफान्त बिरोधमा उत्रिएपछि प्रहरीलाई अबरुद्ध सडक सुचारु गर्न हम्मे(हम्मे परेको थियो ।
सडक अबरुद्ध हुदा सयौं सवारी साधन सडकमा रोकिएका थिए । प्रहरीले ट्यङ्कर चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने साथै घाईतेहरुको उपचार खर्चमा ढिलो नगर्ने सहमति पछि बिहान ११ बजे देखि अबरुद्ध सडक अढाई बजे खुलेको थियो ।
मृतक दुबैजना बालिकाको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजबिराज पठाएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page