समाज

चट्याङ लागेर पर्सामा आज तीन जनाको मृत्यु ; चार जना घाइते

पर्सा । चट्याङ लागेर पर्सामा आज बिहान तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका ४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली १ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी ३ जितपुरका ५० वर्षीय असरतोमी देवी थारु रहेका छन् ।
यस्तै चट्याङ लागेर घाइते हुनेमा देवरवानामा ४० वर्षीय राजबंशी महरा भने गम्भीर घाइते भएका छन् र उनको उपचारका लागि वीरगञ्ज लगिएको छ । अन्य तीन जना भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला र असरतोमी खेतमा काम गर्दै गरेको बेला चट्याङ लागेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page