समाज

जंगली हातीको आक्रमणबाट बारामा एक पुरुषको मृत्यु

बारा । जंगली हातीको आक्रमणबाट बारामा एक पुरुषको मृत्यु भएको छ ।
हातीको आक्रमणबाट मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २ औधापुरका रामदेव पटेल रहेका छन ।
उनलाई बिहान खेतमा काम गरिरहेको बेला जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।
बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार घाइते भएका रामदेवलाई उपचारकालागि कलैया अस्पतालमा लग्दै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page