समाज

सप्तरीमा स्कुटर चोरी गरि भारत तर्फ लैजादै गर्दा एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी) , २४ असार । सप्तरीमा सशस्त्र प्रहरीले चोरीको स्कुटर सहित एक युवकलाई पक्राउ गरेको छ ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सुभरनपट्टीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टुकमान पछाईको कमान्डमा खटिएका गस्ती टोलिले प्रदेश २–०१ ००१प ३७४० नम्बरको यमहाको स्कुटर नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय जितेन्द्र सरदारलाई पक्राउ गरेको छ ।
स्कुटर चोरी गरेर भारत तर्फ भाग्न खोज्दा , सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टी गस्ती टोलिले निजलाई स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
चोरी गरिएको स्कुटर डाक्नेश्वरी नगरपालिका वडा नम्वर ९ पथरगडाबाट चोरी गरि भारत तर्फ लैजान लागेको उनले स्विकारेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको व्यक्ति र यामाहाको स्कुटर सहित थप अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनलाई भुझाइएको सशस्त्र प्रहरी बोदेबर्साईन को प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page