समाज

सप्तरीको रुपनीमा सर्पको टोकाइबाट ६ वर्षीया बालिकाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी), २५ असार । सप्तरीको रुपनीमा सर्पको टोकाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–२ का संतोष यादवकी ६ वर्षीया छोरी काजल कुमारी यादव रहेकी छन् ।
विहिबार धारामा पानी खान गएकी काजललाई घरको भित्तामा रहेको दुलोबाट निस्केको सर्पले टोकेर घाइते बनाएको थियो ।
घाइते काजललाई उपचारको लागि राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page