बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा अज्ञात रोगबाट एक महिलाको मृत्यु ,दुई दर्जनभन्दा बढी बिरामी

कञ्चनरुप (सप्तरी), २५ असार । सप्तरीमा अज्ञात रोगबाट एक महिलाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति बिरामी भएका छन् ।
जिल्लाको महादेवा गाउँपालिका–२ चकलीकी ४० वर्षीया सितादेवी रजकलाई बिहीबार साँझ अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा उनको राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।
बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरूमा अपच, वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएको निमित्त प्रमुख यादवले बताउनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page