समाज

किर्ते हस्ताक्षर गरी भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

सप्तरी, १ साउन । सप्तरीमा वडाध्यक्षको किर्ते हस्ताक्षर गरी भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आएका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज–१५ देउरी भरुवाका देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव रहेका छन् ।
बिहीवार नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । उहाँका अनुसार शिबनन्दन भारतीय नागरिक रहेको र सो बारे थप अनुसन्धान भइरहेको छ ।
शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए । प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रशासकीय अधिकृतलाई शंका लागेर वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए ।
सो बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page